कहाँ-कहाँ हुँदै छ मेघ गर्जन र चट्याङसहित हल्का वर्षा ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेको जनाएको छ। साथै मनसुन न्यून चापिय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ।
हाल देशको पहाडी भू – भागमा सामान्य बदली र तराई भू- भागमा आंशिक दली रहेको छ ।
महाशाखाका अनुसार आज(आइतबार) दिउँसो देशको अधिकांश भू- भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार भोलि (सोमबार) दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती भने देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै पर्सि (मंगलबार) दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू – भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया