बिहीबार, जेठ २, २०८२

अन्तर नगरस्तरीय फुटसलको उपाधि चन्द्रागिरि नगरपालिकालाई

नेपालखोज २०७८ भदौ २७ गते ९:५२


काठमाडौं । अन्तर नगरस्तरीय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधि चन्द्रागिरि नगरपालिकाले हात पारेको छ ।

तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार (हिजाे) तारकेश्वर–१० स्थित जी–फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो ।

तारकेश्वर, चन्द्रागिरि, टोखा र कीर्तिपुर नगरपालिकाको सहभागिता रहेको उक्त प्रतियोगितामा क्रमशः चन्द्रागिरि प्रथम, कीर्तिपुर द्वितीय र टोखा तृतीय भएका थिए ।

विजयी खेलाडीलाई प्रमाणपत्र वितरण गर्दै टोखा नगरप्रमुख प्रकाश अधिकारी र प्रशासकीय अधिकृत प्रकाश आचार्यले आपसी समन्वय कायम गरी काम गर्न खेलकुद प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने बताए ।

तारकेश्वर नगरप्रमुख रामेश्वर बोहराले नगर क्षेत्रमा खेलकुद विकास र विस्तारका लागि नगरपालिकाले प्राथमिकता दिएको जानकारी दिए । रासस

प्रतिक्रिया