प्रदेश २ सरकारकाे निर्णय – मास्क नलगाउनेलाई सरकारी सेवा नदिने
नेपालखोज
२०७८ भदौ २७ गते १२:२३

काठमाडाैं । प्रदेश २ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने निर्णय गरेकाे छ ।
प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार (आज) मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यस्तै प्रदेश २ सरकारले सर्वसाधारणलाई मास्क प्रयोग गर्ने सम्बन्धमा सञ्चारमाध्यममा जनचेतनामूलक विज्ञापन प्रकाशन र प्रसारण गराउने निर्णय पनि गरेको छ ।
काेराेना संक्रमितको संख्यामा कमी आएपनि मास्कको प्रयोग गर्न नमानिरहेकाले यो अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया