प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित

काठमाडौं । सभामुख अग्नि सापकोटाले १५ मिनेका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन् ।नेकपा (एमाले)का सांसदले प्रतिनिधिसभाको बेल घेराउ गर्दै आज पनि नाराबाजी गरेपिछ
एमाले सांसदहरूले सभामुखलाई औँला उठाउँदै ‘संसदीय मर्यादा कायम गर’, ‘संवैधानिक सर्वोच्चता कायम गर’ भन्दै नाराबाजी गरेका हुन् ।
“माननीज्यूहरू, म पनि त्यही भन्दै छु, संवैधानिक सर्वोच्चता कायम गर्नका लागि र संसदीय मर्यादा कायम गर्नका लागि तपाईंहरू आसनमा बसेर बैठक सञ्चालन गर्न सहयोग गर्नुहोस्,” सापकोटाले भने, “विश्वव्यापी मान्यता के हो भने आफ्ना अधिकार प्रयोग गर्दा अरूका अधिकार कुण्ठित हुनु हुँदैन, त्यसमा विपक्षका माननीयज्यूहरूले ख्याल गरिदिनुस् ।”
तर एमाले सांसदहरूले नाराबाजी जारी राखेका थिए । एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई प्रतिनिधिसभा प्रवेशमा रोक लगाउनुपर्ने मागसहित विरोध गर्दै आएको छ ।

प्रतिक्रिया