शनिबार, जेठ ५, २०८१

कोभिडको दुवै डोज भ्याक्सिन लगाउनेमा मृत्युको खतरा ११ गुणा कम

नेपालखोज २०७८ भदौ २७ गते १५:१७

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाविरुद्धको भ्याक्सिनको दुवै डोज लिनेहरुमा अस्पताल भर्ना हुने सम्भावना दश गुणा कम हुन्छ भने यसले मृत्युको जोखिमबाट बचाउने सम्भावना एघार गुणा बढी हुन्छ ।

वासिंटन । अमेरिकाका स्वास्थ अधिकारीहरुका अनुसार कोरोना भाइरसको डेल्टा भेरियन्टको प्रकोप जतिसुकै बढे पनि दुवै मात्रा खोप लगाएकाहरुमा मृत्युको जोखिम ११ गुणा कम हुन्छ । त्यसका अतिरिक्त कोभिडविरुद्धको भ्याक्सिनले कोभिड संक्रमित भए पनि बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने स्थितिसम्म पुग्नबाट जोगाउँछ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरु भन्छन्- खोपको मात्रा पूरा गरेकाहरु कोरोना लागेर अस्पताल भर्न हुनुपर्ने सम्भावना १० गुणासम्म कम हुन्छ भने यसले मृत्यु बाट जोगाउने सम्भावना एघार गुणा बढाउँछ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले हालै अनुसन्धानमा आधारित तीनवटा पेपर जारी गरेको थियो । जसअनुसार डेल्टा भेरियन्ट आएपछि पनि खोप प्रभावकारी देखियो । खोपको ब्रान्डअनुसार नतिजा निकालिएको सो सर्वेक्षणमा मोडर्नाको भ्याक्सिनले अन्य भ्याक्सिनको तुलनामा अलिकति बढी सुरक्षा दिएको पाइयो ।
-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया