थपिए ९११ संक्रमित, १,४२३ डिस्चार्ज, १३ जनाको मृत्यु

नेपालखोज २०७८ भदौ २७ गते १६:१२

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ४२३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८७८ जनाको पीसीआर परीक्षणबाट ८३८ र ३ हजार १४० जनामा गरिएको एन्टिजेन परीक्षणमा ७३ जना गरी जम्मा ९११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ ।

प्रतिक्रिया