बिहीबार, वैशाख १३, २०८१

यसरी सुरु भएको थियो सोमबार व्रत बस्ने चलन

नेपालखोज २०७८ भदौ २८ गते ५:००

साेमबार अर्थात् आजको दिन भगवान् शिवका लागि सबैभन्दा महत्त्वपूर्ण दिन हो । सोमबारको शास्त्रहरूमा निकै महत्त्वपूर्ण भूमिका रहेको कुरा विश्लेषण गरिएको छ । हरेक साताको सोमबार आफैंमा एक महत्त्वपूर्ण दिन हो, यसलाई अर्को अर्थमा भगवान् शंकरको दिन पनि भन्ने गरिन्छ । आजको दिनमा भगवान् शंकरका भक्तहरूका लागि धेरै फलदायी मानिन्छ । यसैले, यस दिन मान्छे भोलेनाथको आशीर्वाद प्राप्त होस् भनेर शिव-शंकरको उपासनासँग विभिन्न प्रकारको उपचार गर्छन् ।

ज्योतिषशास्त्रअनुसार यसरी सुरु भयो सोमबार व्रत बस्ने चलन !
सोमबार शिवको व्रत बस्ने चलनका पछाडि धेरै पौराणिक तथा धार्मिक कथाहरू छन् । यी कथामध्ये तीन कथा बढी चर्चित छन् । पहिलो कथा- एक गरिब ब्राह्मणबारेमा छ जसले शिवको व्रतपश्चात धन प्राप्त गरेको कथा छ ।

दोस्रो- एक धनी व्यापारीको छ । जसको छोरा थिएनन् । लामो प्रतीक्षापछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो । कथाअनुसार शिव र पार्वतीको कृपाले छोराको पुनर्जन्म भएको थियो । तेस्रो- शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ । कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ ।

समय-समयमा व्रत बस्नाले शरीरलाई फाइदा पुर्‍याउँछ । व्रतको धारणा परापूर्वकालका ब्राह्मणहरूले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्दथे । यसले शारीरिक स्वास्थ्यलाई फाइदा गर्ने हुँदा व्रत गर्ने स्वयं व्यक्तिले नै अनुभव गर्नसक्ने भएकाले हजारौं वर्षदेखि यो चलन चलिआएको मानिन्छ । हिन्दू धर्मशास्त्रअनुसार सोमबार भगवान् शिवको विशेष दिन हो ।

यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ । अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ । सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रही आएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।

सोमबार के-के काम गर्दा सफलता मिल्छ ?
ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र वेदको आँखाका रूपमा रहेको कुरा सर्वविदितै छ ।

के तपाईं कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशि सबै मिलाएर काम गर्दा तपाईंलाई सफलता मिल्छ । त्यसैले मानिहरूले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन्दुधर्म शास्त्रअनुसार तपाईंको खानपान, हिँडडुल, कामको सुरुवातलगायत विषयमा तपाईंले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ। कुनै पनि शुभ कार्य गर्नुपर्दा सबैभन्दा पहिले गणेशको पूजा गर्नुपर्ने हुन्छ ।

ज्योतिषशास्त्रअनुसार सोमबार के-के काम गर्दा सफलता मिल्छ भन्नेबारे तल प्रस्तुत गरिएको छ । सोमबारका दिन शास्त्रले यज्ञ गर्नु/गराउनु उपयुक्त मान्दछ । गाई-भैंसी, घोडा, फूल, घाँस, वृक्ष, मोती, चाँदी आदिको किनबेच गर्नु उपयुक्त मानिन्छ ।

प्रतिक्रिया