संसद्मा जारी गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बस्दै

नेपालखोज २०७८ भदौ २८ गते ६:४१
तस्बिर फाइल ।

काठमाडौं । आज सर्वदलीय बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा संसद्मा जारी गतिरोध अन्त्यका लागि छलफलको लागि बैठक बोलाएको बताइएको छ । बैठक दिउँसो साढे २ बजे ल्होत्से हलमा बस्ने भएको छ ।

यसअघि सभामुख सापकोटाले आइतबार (हिजो) कानुनमन्त्री राखेर नेकपा (एमाले)का सांसदसँग पनि वार्ता गरे पनि वार्तापछिको बैठक एमालेले अवरोध गरेको थियो ।

प्रतिक्रिया