एमसीसी उपाध्यक्ष फातिमाको टोली स्वदेश फर्कियो

नेपालखोज २०७८ भदौ २८ गते ७:०१
तस्बिर फाइल ।

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी हिजो बेलुकी स्वदेश फर्किएको छ।

उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सँग भेट गरी एमसीसीबारे छलफल गरेको थियो ।

सबैसँगको भेटमा एमसीसी प्रतिनिधिमण्डलले नेपालको भौतिक पूर्वाधारको विकासका लागि परियोजना महत्त्वपूर्ण रहेको बताएको थियो ।

प्रतिक्रिया