एनआरएनएको निर्वाचन कार्य रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

नेपालखोज २०७८ भदौ २८ गते ८:३०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा तथा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन कार्य रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी सबै प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको हो ।

एनआरएनएको १०औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले धाँधली गरेको तीन जनाको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो।

महाधिवेशन प्रतिनिधि चयन संबन्धमा छानबिन गर्न नेपाल सरकारले शुक्रबार (सेप्टेम्बर १० मा) अनुगमन समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया