मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा
नेपालखोज
२०७८ भदौ २८ गते १०:५३

काठमाडौं । मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ । जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्नको लागि सहजता भएको छ ।
सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा अपिलसमेत गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको जानकारी दिए ।
–रासस
सम्बन्धित

प्रतिक्रिया