ओलीले दायर गरेको रिटमा आज सुनुवाइ हुने

नेपालखोज २०७८ भदौ २८ गते ११:१८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदनमाथि सोमबार (आज) सुनुवाइ हुँदैछ । निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर ओलीले दायर गरेको रिटमा सुनुवाई हुने भएको हो ।

न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ । रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे आज बहस हुने छ ।

प्रतिक्रिया