एमसीसीको विरोधमा विप्लवको प्रदर्शन

नेपालखोज २०७८ भदौ २८ गते १३:१८

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा असहमति जनाउँदै आज (सोमबार) काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

एमसीसीविरुद्धको प्रदर्शनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेताहरू खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायत सहभागी थिए ।

संसद्बाट एमसीसी अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर विरोध जनाउँदै आएका छन् ।

नेपालको सडक र विद्युत् प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन सन् २०१७ नेपाल सरकारसँग एमसीसी सम्झौता गरेको थियो ।

प्रतिक्रिया