होटेल पर्यटन सम्वद्ध मजदुर श्रमिकले अल्पकालीन रोजगारी पाउने

नेपालखोज २०७८ भदौ २८ गते १५:४७

काठमाडौं । पर्यटन सम्वद्ध मजदुर श्रमिकले अल्पकालीन रोजगारी पाउने भएका छन् ।
कोरोना संक्रमणको जोखिमले पर्यटन क्षेत्र बन्द हुँदा काम विहिन भएका होटल पर्यटन क्षेत्रका मजदुर श्रमिकले काम पाउने भएका हुन् । युएनडिपीको सहयोगमा पर्यटन बोर्ड र होटल संघ नेपालले पर्यटकीय स्थलको सरसफाई, रंगरोगन गर्ने काम दिएर श्रमिक मजदुरलाई अल्पकालीन रोजगारी दिन लागेका हुन् । होटल संघ नेपालले एक कार्यक्रमका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी भाग सफा गर्ने कामको सुरुवात गरेको छ । दैनिक एक हजारको दरले रकम पाउनेगरी ४० दिनको रोजगारी दिन लागिएको होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।

यता, मजदुर संगठनका प्रतिनिधिले बेरोजगार बसेका श्रमिका मजदुरले चाडवाडको मुखमा थोरै भएपनि आर्थिकउपार्जन हुने रोजगारी पाउनु खुसीको कुरा भएको बताए ।
यो अल्पकालीन रोजगारीबाट करिब ५ हजार जना श्रमिक मजदुर प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । यस कार्यक्रममा पर्यटन सम्वद्ध सबै क्षेत्रका संघसंस्था छाता संगठनले आ–आफ्ना क्षेत्रका मजदुर, श्रमिकलाई काम लगाउन थालेका छन् ।

प्रतिक्रिया