शुक्रबार, वैशाख १४, २०८१

विष्णु माझीको माइतीघरमा प्रहरी

नेपालखोज २०७८ भदौ २८ गते १७:१२

काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली गायिका विष्णु माझीको माइतीघर पुगेको छ ।


जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेपछि प्रहरीले विष्णु माझीको अवस्थाबारे जानकारी लिने प्रयास गरिरहेको बताइएको छ ।
आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।


विष्णुका सुभचिन्तक तथा स्रोतारदर्शकले उनको अवस्थाबारे चासो देखाएपछि राष्ट्रिय मानव अधिकार आयोगले उनको अवस्था बुझ्न जिल्ला प्रशासन स्याङ्जालाई पत्राचार गरेको थियो । घरमा कोही पनि नभेटिएको प्रमुख बोगटीले बताए । विष्णुका बाबुआमाको निधन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा रहेको पाइएको छ ।

तीज विशेष भन्दै माझीले गाएको ’चरी जेलैमा’गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको निजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि चलिरहेको छ ।

प्रतिक्रिया