आइतबार, वैशाख १६, २०८१

सत्य घटनामा आधारित चलचित्र तथा वेब शृङ्खला

नेपालखोज २०८० कार्तिक ३० गते १४:००

ओटिटि प्लेटफर्ममा यस्ता धेरै फिल्म तथा वेब सिरिज उपलब्ध छन् जसका कथा सत्य घटनामा आधारित हुन् ।

ताज महल

सन् २०१५ मा आएको फिल्म ‘ताजमहल’ले मुम्बई आतंकवादी (मुम्बई हमला २००८) आक्रमणको कथा बताउँछ, यो फिल्म युट्युबमा हेर्न सकिन्छ ।

दिल्ली क्राइम
दिल्ली क्राइम एउटा उत्कृष्ट वेब शृङ्खला हो जसमा दिल्लीमा भएका बहुचर्चित अपराधहरु देखाइएको छ । यो शृङ्खलाको मजा नेटफ्लिक्समा लिन सकिन्छ ।

स्क्याम १९९२ : द हर्षद मेहता स्टोरी

ओटीटी प्लेटफर्म सोनी लिभमा स्ट्रिम गरिएको वेब सिरिज स्क्याम १९९२: द हर्षद मेहता स्टोरीले हर्षद मेहताको जीवन कथालाई चित्रण गरेको छ ।

भौकाल

यो सिरिजमा मोहित रैना एसपी सिकेराको भूमिकामा देखिएका छन् । यो वेब सिरिज एमएक्स प्लेयर (ह् एबिथभच ) मा हेर्न सकिन्छ ।

मुम्बई डायरीज
प्रसिद्ध अभिनेता मोहित रैनाको सुपरहिट वेब सिरिज ‘मुम्बई डायरीज’ पनि मुम्बई हमलामा आधारित छ । यो वेब सिरिज ओटीटी प्लेटफर्म अमेजोन प्राइम भिडियो मा हेर्न सकिन्छ ।

स्पेशल अप्स

के के मेननको प्रसिद्ध जासूसी थ्रिलर वेब सिरिज ‘स्पेशल अप्स’ डिज्नी प्लस हटस्टारमा हेर्न सकिन्छ यो सिरिजको कथा रिसर्च एण्ड एनालिसिस विंग (र अ) का अफिसरमा आधारित छ ।

प्रतिक्रिया