बुधबार, वैशाख १२, २०८१

‘स्याड सन्डे’ संसारकै निराशावादी गीत, जसलाई सुनेर कैयौंले गरे आत्महत्या !

नेपालखोज २०७८ भदौ २९ गते ६:३१

साधारणत: के मानिन्छ भने गीत सुनेपछि मानिसको मुड ठीक हुन्छ । यदि कोही उदास छ भने पनि गीतले उसलाई फ्रेस बनाइदिन्छ ।

काठमाडौं । गीतले मानिसको मुड ठीक बनाउँछ । यदि कसैको मुड ठीक छैन भने राम्रो गाना सुने मनलाई आराम मिल्छ । संगीतकारहरुले पनि अलग-अलग मुडका गीत बनाएका छन् रोमान्टिकदेखि स्याडसम्म । यदि कसैको दिल टुटेको छ भने ऊ ‘स्याड सङ’मा रमाउँछ । नयाँ-नयाँ प्रेममा मानिसहरु रोमान्टिक गीत नै रुचाउँछन् ।

स्याड सन्डे वा ग्लुमी सन्डे शीर्षकको गीत एक समय निकै चर्चामा थियो । यो प्रेम गीत सन् १९३३ मा संगीतकार रेजसो सेरेजले तयार पारेका थिए । भनिन्छ उक्त गीतमा गहिरो प्रेम पीडा थियो । त्यसैले यो गीत सुन्नेहरु आत्महत्यासम्म गर्थे । धेरै मानिस यो गीत सुनेर रुन्थे, अनि मन थाम्न नसक्नेहरु आत्महत्याको निर्णय लिन्थे । यो गीत सुनेर आत्महत्या गर्नेहरु बढ्न थालेपछि सन् १९४१ मा यसमाथि प्रतिबन्ध नै लगाइयो । स्थिति कहाँसम्म पुग्यो भने यो गीतका सारा सीडी र क्यासेटहरु नस्ट गरिए । यो गीतमाथिको प्रतिबन्ध ६२ वर्षपछि २००३ मा आएर हटाइयो ।

वास्तवमा २००३ मा स्याड सन्डे गीतलाई री-कम्पोज गरेर पुन: प्रस्तुत गरिएपछि यसमाथिको प्रतिबन्ध हटेको थियो । यो गीत अहिले युट्युबमा समेत उपलब्ध छ । गीतको रिमेक भर्सन सुनेर मानिसहरु छक्क पर्दै प्रश्न गर्छन्- आखिर यो गीतमा त्यस्तो के थियो जसले सुन्नेहरुलाई आत्महत्यातर्फ प्रोत्साहित गर्थ्यो ।

भनिन्छ यो गीतका गीतकार रेजसो सेरेस आफ्नी प्रेमिकालाई अगाध माया गर्थे तर उनको प्रेम सफल हुन सकेन । आफ्नो यही असफल प्रेमको सम्झनामा उनले यो गीत तयार गरेका थिए ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया