शुक्रबार, वैशाख ७, २०८१

‘व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि हुँदैन’

नेपालखोज २०७९ मंसिर ९ गते २१:०८

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कुनै पनि व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि नहुने’ बताएका छन् ।लाचित बोरफुकानको ४०० औँ जन्मजयन्तीको समापन समारोहलाई आज नयाँ दिल्लीमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

लाचित बोरफुकनको जीवनको उदाहरण दिँदै उनले बोरफुकनको जीवनले हामीलाई नातावाद र वंशवादको सट्टा ‘राष्ट्र पहिलो’ को मन्त्रमा बाँच्न प्रेरित गरेको छ । उक्त अवसरमा प्रधानमन्त्री मोदीले ‘लाचित बोरफुकान– आसामका नायक हू हल्ट द मुगल्स’ नामक पुस्तकको पनि विमोचन गरेका थिए ।

आसामको अहोम साम्राज्यको शाही सेनाका प्रसिद्ध जनरल लाचित बोरफुकानको ४०० औं जन्मजयन्तीको सम्मानमा नोभेम्बर २५ मा आयोजित कार्यक्रममा उनले भने, ‘बोरफुकानले मुगलहरूलाई परास्त गर्नुभयो र औरङ्गजेबको अधीनमा मुगलहरूको बढ्दो महत्वाकांक्षालाई सफलतापूर्वक रोक्न सफल हुनुभयो ।’

भारतीय प्रधानमन्त्री मोदीले वीर लाचित जस्ता वीर पुत्रहरू दिने आसामको भूमिप्रति आफ्नो सम्मान व्यक्त गर्दै भने, ‘हामी वीर लाचित बोरफुकनलाई उनको ४०० औं जन्मजयन्तीमा नमन गर्दछौं ।’ उले आसामको संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

अन्य सभ्यता र भारतबीचको भिन्नतालाई औंल्याउँदै प्रधानमन्त्री मोदीले भने, ‘आज विश्वले यस्ता सभ्यताका अवशेषका आधारमा इतिहासको मूल्याङ्कन गर्छ । तर, इतिहासमा अनपेक्षित प्रतिकूलताको सामना गरेको र विदेशी आक्रमणकारीहरूको अकल्पनीय आतङ्कको सामना गरेको भारत आज पनि उही ऊर्जा र चेतनाका साथ अमर छ ।’

प्रतिक्रिया