कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
नेपालखोज
२०७८ भदौ २९ गते ७:५०

कञ्चनपुर । बेलौरी नगरपालिका १० सडकघाटका अन्दाजी २६ वर्षीय सन्तोष चौधरीको दुर्घटनामा मृत्यु भएको छ । सोमबार (हिजो) साँझ अबेर सुप. प्र. ०१००९ प. ५०५८ नम्बरको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा ठोक्किँदा उनी सख्त घाइते भएका थिए ।
तत्काल उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया