बाघको आक्रमणबाट एकको मृत्यु
नेपालखोज
२०७८ भदौ २९ गते ११:४२

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार (हिजो) एक भारतीय नागरिकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेको नाम, थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहको भनाइ छ । उनको शवलाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए ।
बाघको आक्रमणमा परेर मृत्यु भएको थाहा हुनासाथ निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरी घटनास्थालमा पुगेको थियो । मृतक गाँभरगाउँको एक होटलमा भाडा माझ्ने काम गर्दै आएको बताइएको छ । उनको पहिचान हुन भने नसकेको प्रमुख साहले बताए ।रासस
सम्बन्धित

प्रतिक्रिया