शुक्रबार, चैत १६, २०८०

नेप्से रातै, १८ अंकले घट्दा ५ अर्ब १९ करोडमा झर्‍यो कारोबार रकम

नेपालखोज २०७८ भदौ २९ गते १५:३८

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन शून्य दशमलव २७ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १८ दशमलव ५४ अंकले घटेर दुई हजार नौ सय २९ दशमलव २८ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले घटेर पाँच सय ४५ दशमलव ६६ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय २२ कम्पनीको ५९ हजार आठ सय ५४ पटकको कारोबारमा एक करोड ६ लाख ३९ हजार आठ सय २६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार चार सय ४३ रुपैयाँ पुगेको छ ।

आज १३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव एक अंकले घटेर एक हजार नौ सय ६९ दशमलव ३४ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ७७ दशमलव ८६ अंकले घटेर १३ हजार तीन सय ४१ दशमलव ७६ अंकमा झरेको छ ।

आज जीवनबिमा समूहको सूचक पनि एक सय ४४ दशमलव ६८ अंकले घटेर १६ हजार चार सय २१ दशमलव ३७ अंकमा झरेकामा विकास बैंक, जलविद्युत्, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर सात सय ५५ रुपैयाँ ९० पैसामा प्रतिकित्ता कारोबार हुँदा राष्ट्रिय बिमा कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ५६ प्रतिशतले घटेर १९ हजार चार सय ५० रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता ६ सय ९५ रुपैयाँ अन्तिम मूल्यमा २७ करोड तीन लाख ७० हजार पाँच सय २४ रुपैयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया