नेम्वाङले भने- प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अघि बढ्नुपर्छ

नेपालखोज २०७८ भदौ २९ गते १६:२०
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभाष नेम्वाङले प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडी बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले यस्तो बताएका हुन् ।

सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताउँदै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उनिप्रति आशंका भएको बताए । नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उनले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए । सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उनले बताए ।

उनले भने – ‘हामीसँग भेदभाव गरियो । प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ । त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन । सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आउ बैठक भनेर औपचारिकता पुरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईहरु पुछ्नुस् ।’ उनले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गरे ।

प्रतिक्रिया