जग्गा मिलाइदिने भन्दै ठगी गर्ने पक्राउ
नेपालखोज
२०७८ भदौ २९ गते १९:३९

काठमाडौं । ठगी कार्यमा संलग्न रहेको अभियोगमा रुसिल कटुवाल पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा मिनभवनका सुचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार ठगी कार्यमा संलग्न रहेको अभियोगमा सुनसरीको धरान नगरपालिका ९ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्वर ३२ बस्ने ३६ वर्षीय कटुवाललाई आज (मंगलबार) पक्राउ गरिएको हो ।
उनले जग्गा पास गरिदिने भन्दै विभिन्न व्यक्तिहरुबाट ६८ लाख ९० हजार रुपैयाँ लिई जग्गा पास नगरी फरार रहेका थिए । सोही आधारमा कटुवाललाई पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको प्रहरी उपरीक्षक कोईरालाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया