आइतबार, असार १५, २०८२

अफगानिस्तानका महिलाहरुको स्वतन्त्रता र भविष्य खै ?

नेपालखोज २०७८ भदौ ३० गते ९:०२

काठमाडौं । अफगानिस्तानमा तालिबानको कब्जा भएको एक महिना भएको छ । हजारौं अफगान नागरिकहरु यो एक महिनामा आफ्नो माटोबाट टाढा जान बाध्य भएका थिए, त्यसैले बचेकाहरु नयाँ तालिबान सरकारको आदेश अनुसार बाँच्न बाध्य छन्।

त्यँहाका महिलाहरु नयाँ कानूनहरु र प्रतिबन्धहरु संग बाँच्न सिकिरहेका छन्। तालिबानले कब्जा गरेपछि अब त्यहाँका महिलाहरुले घर बाहिर निस्किनु अघि हिजाब लगाउनु पर्दछ अथवा आफ्नो श्रीमान वा आमा बुबा छोरा छोरी दाजु भाई वा आफ्न्तहरु (विवाह सम्भव नहुने)सँग निस्किनु पर्दछ भन्ने नियम जारी गरेको छ । यस्तो अवस्थामा उनीहरुको स्वतन्त्रता र भविष्यको बारेमा प्रश्न उठिरहेको छ। बीबीसी

प्रतिक्रिया