आइतबार, जेठ ६, २०८१

अफगानिस्तानमा दुई वरिष्ठ तालिबान नेताबीच विवाद

नेपालखोज २०७८ भदौ ३० गते ११:३३

तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा एउटा ठूलो विवाद उत्पन्न भएको वरिष्ठ तालिबान नेताहरूले बताएका बीबीसीले जनाएकाे छ ।

राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सह-संस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको उनीहरूले बताएका हुन् । बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको अपुष्ट विवरण आएको थियो ।

तर यसलाई औपचारिक रूपमा भने अस्वीकार गरिएको छ । गत महिना तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेको थियो ।

त्यसपछि उक्त अतिवादी इस्लामिक समूहले देशलाई ‘इस्लामिक इमिरात’ घोषणा गरेको छ । नवगठित अन्तरिम मन्त्रिपरिषद्‌मा सबै सदस्य पुरूष छन् । सरकारमा वरिष्ठ तालिबान नेताहरू छन् । तीमध्ये केही विगत दुई दशकमा अमेरिकी सेनामाथि गरिएका आक्रमणका लागि कुख्यात मानिन्छन् । बीबीसी

प्रतिक्रिया