मंगलबार, वैशाख ११, २०८१

कुमारी बैंकः आस्था र विश्वासको अर्को नाम

आधा दर्जन संस्थालाई प्राप्ति, देशव्यापी पहुँच, एक खर्ब ४८ अर्ब ६९ करोड निक्षेपको बलियो जग

नेपालखोज २०७८ भदौ ३० गते १४:१०

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा कुमारी बैंकले १५ औं वाणिज्य बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट सञ्चालनको अनुमती पाएको थियो । सो पश्चात बिसं २०५७ साल चैत्र २१ गते देखि औंपचारिक रुपमा सञ्चालनमा आएको बैंकले देशव्यापीरुपमा ,पहुंच बिस्तार गरिसकेको छ । बैंकको अहिले सबै क्षेत्रमा गरी एक सय ९४ वटा शाखा, १३ वटा एक्सटेन्सन काउन्टर र ३२ वटा शाखा रहित सेवा मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

कुुशल सञ्चालक एवं व्यवस्थापक समुहको अथक प्रयास, बैंकका कर्मचारी, आम सेयरधनी, ग्राहक, शुभचिन्तक, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक लगायतका सबै संस्थाहरुको साथ र सहयोग कै कारण कुुमारी बैंकले यो व्यवसायीक उचाई हासिल गरेको हो । कुमारी बैंक सञ्चालक समितीको अध्यक्षमा अहिले अमिर प्रताप जबरा रहेका छन् भने व्यवस्थापन प्रमुुखको रुपमा निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिम्सिना रहेका छन् ।

यही सञ्चालन एवं व्यवस्थापन समुहको कुशल नेतृत्वले नै बैंक अहिले निरन्तर प्रगती पथमा दौडिरहेको छ । हालसम्म कुमारीले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाईनान्स, महाकाली बिकास बैंक र काँक्रेबिहार बिकास बैंकलाई प्राप्ती गरिसकेको छ । यो प्राप्ती संगै बैंकले आफुुलाई बलियो, सवल र सक्षम बैंककोरुपमा स्थापित गरिसकेको छ । यसको बलियो उदाहरण बैकको आर्थिक बर्ष २०७७–०७८ को अपरिष्कृत बित्तीय बिवरण हो ।
बैंकले आर्थिक वर्ष २०७७–०७८ मा दुई अर्ब ११ लाख ४५ हजार चार सय ६४ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब १५ करोड ८५ लाख पाँच हजार नौ सय ९६ रुपैयाँ खुुद मुनाफा कमाएको थियो ।

चुक्ता पुंजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार आठ सय ३६ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ४८ अर्ब ६९ करोड ४० लाख ७० हजार आठ सय छ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ९९ करोड ८५ लाख ७२ हजार दुई सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब २३ करोड ६९ लाख ५५ हजार दुुई सय १४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव १३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब नौ करोड ४२ लाख छ हजार पाँच सय ९६ रुपैयाँ रहेको छ ।
बैंकले अघिल्लो आवमा भने एक खर्ब १६ अर्ब ५४ करोड ७० लाख ३३ हजार एक सय ९६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ७१ करोड ७२ लाख ५९ हजार पाँच सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ५७ करोड ३१ लाख ९८ हजार चार सय ७५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव शुन्य सात प्रतिशत रहेको थियो ।

प्रतिक्रिया