सोमबार, असोज २८, २०८१

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० असोज २६ गते ८:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ १४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रुपैयाँ १४ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ४९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया