प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुरू गर : एमाले

नेपालखोज २०७८ भदौ ३० गते १५:३८

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो पार्टीको मागलाई सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएको छ ।

महासचिव ईश्वर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखकोे ध्यानाकर्षण गर्दछ ।’

त्यस्तै, एमालेले सरकारले बजेटको विषयमा उदासीन र गैरजिम्मेवार चरित्र देखाएको आरोप लगाएको छ । सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको महासचिव पोखरेलको भनाइ छ ।

https://drive.google.com/drive/my-drive

प्रतिक्रिया