शुक्रबार, वैशाख १४, २०८१

नेप्से ४० अंकले घट्दा ५ अर्ब ३५ करोड रुपैयाँको सेयर काराेबार

नेपालखोज २०७८ भदौ ३० गते १५:३६

काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १८ दशमलव ५४ अंंकले घटेको नेप्से आज बुधबार पुनः ४० दशमलव २६ अंकले घटेर दुई हजार आठ सय ८९ दशमलव तीन अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव १६ अंकले घटेर पाँच सय ३८ दशमलव ५० अंकमा पुगेको छ । दुई सय २२ वटा कम्पनीहरुको ७५ हजार आठ सय ९५ पटकको कारोबारमा एक करोड पाँच लाख ५७ हजार आठ सय ६६ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार दुई सय ५१ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २० दशमलव ७४ अंकले घटेर एक हजार नौ सय ४८ दशमलव ६० अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक दुई सय ७२ दशमलव ९१ अंकले घटेर १३ हजार ६८ दशमलव ८४ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि आज एक सय ७५ दशमलव तीन अंकले घटेर १६ हजार दुई सय ४६ दशमलव सात अंकमा झरेको छ ।

यीबाहेक विकास बैंक, जलविद्युुत, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

आज मनकामना स्र्माट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव २३ प्रतिशतले बढेर आठ सय १८ रुपैयाँ १० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईबिएल समृछि फन्ड १ को प्रतियुनिट सेयर मूल्य छ दशमलव ८८ प्रतिशतले घटेर १२ रुपैयाँ पाँच पैसामा कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता छ सय ७५ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा २२ करोड १४ लाख ७० हजार सात सय ५६ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया