निजामती कर्मचारी संगठनको राष्ट्रिय भेला असोज २ गते हुँने

नेपालखोज २०७८ भदौ ३० गते २०:०५

काठमाडौं । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न नेपाल निजामती कर्मचारी संगठनले आगामी असोज २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ ।

नेकपा (एमाले) निकट मानिने उक्त संगठनले पार्टी विभाजनले आफ्नो क्षेत्रमा खासै असर नपरेको जनाउँदै मूल प्रवाहबाट नबारिहन भेलाबाट आह्वान गर्न लागेको हो । यो संगठनले आधिकारिक ट्रेड युनियनमा बहुमत सङ्ख्यामा प्रतिनिधित्व गर्दै आएको छ । भेलामा यसअघि युनियनमा प्रतिनिधित्व गर्नेका बारेमा पनि समीक्षा हुने जनाइएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र देशभरका निकायबाट करिब एक हजार कार्यकर्ता सहभागी हुनेछन् । भेलाकै अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमला र प्रभातप्रसाद साहसहित उक्त संगठनका करिब १०० जना केन्द्रीय सदस्य आफ्नो संगठनका एकताबद्ध हुने संगठनका अध्यक्ष केदार देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया