शुक्रबार, चैत १६, २०८०

रामेछापमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

नेपालखोज २०७८ भदौ ३१ गते ११:५६


काठमाडौं । रामेछापमा बिहीबार (आज) बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३४ ३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबा रहेका छन् । अर्का एक जनाको पहिचान खुलेको छैन।

घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ। उद्दार गरिएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारको लागि तामाकोशी अस्पताल लगिएको छ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको जीप सडकबाट ६-७ सय मिटर तल खसेको हो ।
मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया