शुक्रबार, चैत १६, २०८०

स्कुटर चढेर आएका विरामीलाई यसरी मा¥यो ब्लुक्रस अस्पतालले, एक घण्टाको अप्रेशन पश्चात ४१ दिन अस्पतालमा बन्धक

नेपालखोज २०७६ कार्तिक १९ गते १५:३८
  • टंककला तिमिल्सेना

१९ कार्तिक, काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालले विरामिलाई मार्दै पैसा र पावरका बलमा घटनालाई सामसुम बनाउने काम गरिरहेको छ । यस अस्पतालले विरामिका आफन्तलाई झुक्याई नशा सम्बन्धि अप्रेशन समेत अर्थोपेडिक डाक्टरलाई गर्न लगाई सामान्य विरामिलाई मृत्युको मुखसम्म पु¥याएको छ ।

यति मात्र होईन यस अस्पतालले विरामिका परिवारलाई थाहै नदिई विरामीको अभ्यास अप्रेशन गर्ने गरेको पाईएको छ । सिकिस्त विरामिलाई समेत सिकाईको अस्त्र बनाउँदै मान्छे मार्ने काम गर्ने यस अस्पतालले यस्ता घटना बाहिर आउन नदिन ठुलै रकम र पावरको भरपुर प्रयोग गरेको छ । उपचारमा चरम लापरहबाही गर्ने डाक्टरलाई प्रहरीको संरक्षणमै फरार बनाउने काम समेत यस अस्पतालले गर्दै आएको छ ।

यसको बलियो उदाहरणका रुपमा यही कार्तिक १५ गतेको घटनालाई लिन सकिन्छ ।

यही कार्तिक १५ गते पनि यस अस्पतालले सामान्य विरामीलाई मृत्युको मुखमा पु¥यायो तर यस घटनालाई बाहिर आउन दिएको छैन । अस्पतालले गएको असोज १५ गते काठमाडौँका शेरबहादुर क्षेतिको १ घण्टामा सम्पन्न हुने हातको सामान्य अप्रेशन गरेको थियो ।

अप्रेशन सफल भएको पछिल्लो दिन देखि थप चेकजाँचका क्रममा ठुलो लापरहबाही गरिएपछि कार्तिक १५ गते उनको मृत्यु भएको थियो ।

तर, उनको यो मृत्युलाई पैसा र पावरका भरमा यस अस्पतालले सामसुम बनाईदियो र अप्रेशन गर्ने डाक्टर फरार रहेको बताएको छ । पिडित पक्षले नाराबाजी गर्न थालेपछि उनिहरुलाई आफ्नो बसमा गरेर उसले घटनालाई बाहिर फैलिन दिएको छैन ।

यस घटना बारे थप बुझ्न हामीले अस्पताल प्रशासनका अधिकारीसँग भेट्न पटक पटक कोसिस गर्दा समेत उनिहरु देखा पर्न मानेनन् । अधिकारीहरुले मोबाईल समेत अफ गरे । अस्पतालको रिसेप्सनमा सम्पर्क गर्दा बोर्ड मिटिङ चलेकोले मोबाई अफ होला भन्ने जवाफ मात्र दिईरहे । यस अस्पतालमा कार्यरत कसैले पनि यस घटना र प्रशासन अधिकारी बारे कुनै जानकारी दिन मान्दैनन् ।

यसरी भएको थियो हातको सामान्य उपचारकालागि आएका विरामीको मृत्यु

दाहिने हात अलि बढी नै दुख्न थाले पछि शेरबहादुर क्षेत्री गएको असोज ९ गते ब्लुक्रस अस्पतालमा जचाँउन आएका थिए । डाक्टरले एक्सरे   गरे । डाक्टरले एक्सरेको रिपोर्टमा केही देखिएन । कतै नशा च्यापिएको छ की एक पटक एमआरआइ गर्नु प¥यो भनेपछि शेरबहादुरले एमआरआइ गराए ।

एमआरआइ रिपोर्ट आएपछि डाक्टरले गर्धन पछाडी स्पाइनलको हड्डी थोरै फुटेर नशा च्यापेको छ । त्यसै कारण दाहिने हात दुखेको हो । सामान्य अप्रेशन गरी फुटेको हड्ी झिकेर त्यहाँ स्टिल राख्नु पर्छ भने । शेरबहादुरकी छोरीले आफ्नो बुवालाई सुगर र प्रेशरको समस्या रहेको तर अहिले अवस्था सामान्य रहेको जानकारी गराईन् । उनकी छोरीको कुरा सुने पछि डाक्टरले विरामिलाई ६ दिन अस्पतालको क्याविन मै राखि सबै स्वास्थ्य जाँच गरे ।

मृत शेयरबहादुरकी साईली छोरीका अनुसार हरेक दिनको जाँच पश्चात सबै अवस्था राम्रो छ उहाँको अपे्रशनकालागि कुनै समस्या छैन भनि अप्रेशनको मिति तयार गरियो । असोज १५ गते अपे्रशनको मिति तय भयो र त्यसै दिन डाक्टरले विरामी र उनका आफन्तलाई भनेका थिए ‘अप्रेशन १ घण्टा भित्रै सकिन्छ । साधारण अप्रेशन हो । अष्टमीको दिन त तपाई दशैँ मनाउन घर गैसक्नु हुन्छ ।’

विरामिलाई ६ बजे अप्रेशन थिएटरमा लगियो । उनको अप्रेशन सफल भयो ल भेट्न आउनुहोस भनि डाक्टरले ९ बजे बोलाएपछि विरामिका परिवार उनलाई भेट्न गए । शेरबहादुरकी छोरी भन्छिन् — ‘त्यस भेटमा बुबाले हामिहरुसँग कुरा गर्नुभएको थियो । बुवाको अवस्था सामान्य थियो त्यस बेला ।’

अप्रेशन गरिएको राति उनलाई अप्रेशन गरिएका विरामिलाई उच्च निगरानी गरीने स्थल (पोष्टप) मा राखियो । विरामीलाई भोली विहानै सामान्य क्याभिनमा सिफ्ट गर्छ होला भनि विरामिका आफन्तले सोचेका थिए । तर, असोज १६ गते विहान उनको भान्जा कालो चिया लिएर विरामी भएको बेडमा पुगे ।

त्यसैबेला डाक्टरले विरामिको एक्सरेकालागि लगे । एक्सरे गर्दै गर्दा विरामी दुख्यो भन्दै चिच्याएका थिए । मामा के भयो भन्दै उनका भान्जा उनी नजिक जान खोक्दा डाक्टरहरुले तपाई बाहिर गैहाल्नुस भन्दै बाहिर पठाए । त्यसको करिब एक घण्टा पछि मात्र डाक्टरले विरामिका परिवारलाई बोलाएर उहाँलाई तुरुन्त आइसियूमा राख्नु पर्छ भने र विरामिलाई आइसियूमा राखियो । त्यस लगत्तै फेरी करिब एक घण्टा पश्चात डाक्टर आए र भने— ‘विरामी बाँच्न सक्ने अवस्था एक्दम कम छ । ५ प्र्रतिशत मात्र चान्स छ । एकाएक विरामिको स्वासप्रश्वासमा समस्या देखियो । भेन्टिलेटरमा राख्नु प¥यो उहाँलाई ।’

सास रहुन्जेल आश भने जस्तै विरामिका परिवारले पनि हुन्छ भेन्टिलेटरमै राख्नुस भने । त्यति मात्र होईन डाक्टरले विरामिलाई ६ घण्टामा होस आउँछ । यदी आएन भने थप कदम चाल्नु पर्छ भने । डाक्टरको त्यो भनाईमा पनि विरामिका परिवारजनले स्विकृति जनाए ।

विरामिलाई भेन्टिलेटरमा राखेको ६ घण्टा पनि वित्यो तर होस आएन । होस नआएपछि दिमागमा रगत जमेको छ की भनि तुरुन्त फेरी सिटी स्क्यान गरियो । सिटी स्क्यान रिपोर्ट पश्चात परिवारलाई डाक्टरले विरामी सामान्य हुनुहुन्छ भने । अब केही समयमा आफै होस आउँछ तपाईहरु नआत्तिनुहोस भनि डाक्टरले विरामिका परिवारलाई बाहिर पठाए । तर, केही समयको के कुरा, घण्टाको के कुरा २ दिनै वित्यो तर पनि शेरबहादुरको होस आएन । अप्रेशन भएको ५ दिन भैसकेको थियो ।

फेरी विरामीका परिवारले किन होस आएन, कहिले आउँछ विरामिको होस भनि सोध्दा डाक्टरले अब एमआरआइ गर्नु पर्छ भने । त्यो पनि गरियो । त्यो एमआरआइ रिपोर्टले त विरामिको दिमागको ४ ठाउँमा रगत जमेको देखायो । उनलाई ब्रेन स्ट्रोक भैसकेको रहेछ ।

हाडको अप्रेशन गर्न आएको विरामीलाई डाक्टरको लापरहबाहीले नशाकै ठुलो विरामी बनाईदिए ।

शेरबहादुरकी छोरी भन्छिन्, ‘एमआरआइ रिपोर्टले ब्रेन स्ट्रोक भएको देखाए पश्चात डाक्टर स्वयंमले आफ्नो लापरबाही हामीसँग स्विकार गरी सय २ प्रसेन्टमा यस्तो समस्या देखिन्छ । त्यही तपाईको बुवालाई प¥यो भने ।’

डाक्टरको यो हदसम्मको लापरबाही देखिएपनि आफ्नो विरामिका अघि अरु विषय गौण मान्दै परिवारजनले त्यसो भए थप उपचार कसरी    गर्ने ? सक्नु हुन्छ भने उपचार चाँडो सुरु गर्नुस सक्नुहुन्न भने रिफर गरिदिनुस भने ।

त्यस बेला डाक्टरले ७० प्रतिशत मानिसहरु पुरै निको हुन्छ । ३० प्रतिशत विरामीमा भने प्यारालाइसिसको समस्या देखा पर्न सक्छ तर मान्छेको मृत्यु नै हुने भन्ने हुदैन भने । शेरबहादुरकी छोरी अगाडी बताउँछिन्, ‘हामिले ल डाक्टरसाप तपाईनै भन्नुस हामी के गरौँ भनेयौँ । तर, डाक्टरले जस्ट वेयट एण्ड वाच भनेर हिडे । हामीले ल ठिकै छ नि त भन्यौ ।’ उनि भन्छिन्— ‘त्यो ९, १० दिनको समयमा बुवालाई त भेन्टिलेटरको इन्फेक्सन (भेन्टिलेटर एशोसिएट निमोनिया ) भैसकेको रहेछ । तर यस बारे पनि हामीलाई कुनै जानकारी गराईएन ।’

यता डाक्टरले उपचारकालागि भन्दै दिनको कम्तिमा ७०, ८० हजारसम्मको औषधि मगाउँने क्रम रोकिएन । न त विरामिका कुनै खास सुधार देखियो । दैनिक यति ठुलो रकमको औषधि मगाएपनि डाक्टरले विरामिको अवस्था बारे खुलेर बोलेनन् । केही सोध्यो भने जस्ट वेयट एण्ड वाच मात्र भन्ने गरे ।

केहि दिन पछि डाक्टरले फरी भने— “धेरै दिन भेन्टिलेटर मुखमा राखि राख्दा गाह्रो हुन्छ । यसकालागि मेसिन घाँटी भित्रैबाट फिट गर्न घाँटीमा गरिने अप्रेशन (ट्रकस्टोमी ) गर्नुप¥यो ।” त्यो अप्रेशन पनि गरियो र सफल पनि भएको थियो घाँटीको अप्रेशन ।

फेरी डाक्टरले विरामिको शरिरमा सिभिपी लाइन राखे । त्यतिन्जेल पनि केही सुधार भएन । विरामिका परिवारलाई भेन्टिलेटरमा बस्ने डाक्टरहरुले उहाँलाई निमोनिया भएर एक दमै गाह्रो भैसकेको छ भनिरहेका थिए तर उहाँलाई अप्रेशन गर्ने डाक्टरले भने उहाँलाई राम्रो भैरहेको छ भनिरहे । ति डाक्टरले निमोनिया भएको जानकारी दिने डाक्टरलाई समेत कुनै जानकारी नदिन निर्देशन दिएकाले पछि उनिहरुले केहि पनि जानकारी दिन नमानेको पिडितका परिवारको आरोप छ ।

उपचार जारी नै थियो । विरामिका शरिरमा पहिले राखेको सिभिपी लाइन ३ तिन पहिले नै हटाई सकेको थियो । तर, कार्तिक १५ गते हतार हतार विरामिका परिवारको उपस्थिति र सहमति विना नै डाक्टरले पुन सिभिपी लाइन जोडे । त्यस पश्चात डाक्टरले विरामिका परिवारलाई न कुनै जानकारी दिए न त भित्र गएर विरामिलाई हेर्न, भेट्न नै दिए ।

शेयरबहादुरकी छोरी भन्छिन्, ‘आइसियूको ढोका खोल्न अनुरोद गर्दा डाक्टरहरुले ढोकै खोल्न मानेनन् । मैले जतिनै बेल बजाय पनि ढोका नखोले पछि मैले ढोकामा लात्ताले हिर्काए । त्यति गरेपछि गार्डले ढोका खोले ।’

उनि अगाडी भन्छिन्, ‘त्यस पछि मैले सिसा बाहिरैबाट हेरिरहेकी थिए मेरो बुबाकोमा जोडिएका सबै सिङनल रेड बलिरहेका थिए । डाक्टरले करायपछि म फेरी बाहिर निस्किए । मैले बुझिसकेकी थिए त्यहाँ केही नराम्रो पक्कै भएको छ । त्यसैले मैले मेरा सबै आफन्तलाई बाहिर बोलाई सकेकी थिए ।’

उनी बाहिर उभिएको ३ घण्टा विति सक्दा पनि डाक्टरले कुनै जानकारी दिएनन् । त्यस पश्चात उनी फेरी ढोका बर्जादै जबरजस्ति भित्र पसिन । भित्र गए पछि डाक्टरले तपाईको बुवालाई एक दम गाह्रो भैराछ । तपाई हेर्न सक्नुहुन्न यस्तो अवस्था बाहिर जानुस भने । विरामिकी छोरी भन्छिन्, ‘मैले मनिटर देखिसके । मेरो बुवा मरिसक्नुभो भनेर मैले भन्दा नर्सहरुले मलाई समातेर बाहिर निकाल्दिनुभो । मेरो बुवाको मृत्यु भैसकेको मैले थाहा पाईसकेकी थिए । त्यसैले बाहिर आएर मैले मेरा आफन्तलाई यो खबर सुनाए ।’

त्यति भैसक्दा पनि विरामिको मृत्युको खबर सुनाउनुको साटो डाक्टरले उल्टै विरामी जिवित भएको भन्दै भ्रममा राखि थप पैसा असुलेको    थियो । यसरी एक घण्टामा सम्पन्न हुने हातको सामान्य अप्रेशनमा चरम लापरहबाही गरी ४१ दिन अस्पतालमा राख्दै विरामीको मृत्यु पश्चातपनि चर्को उपचार खर्च असुलेर मान्छेको जिवन माथि नै ब्लुक्रस अस्पतालले ठुलो खेलवाड गरेको देखिन्छ ।

डाक्टर र अस्पताल प्रशासनको यो हदसम्मको खेलवाडलाई  न त नेपाल मेडिकल काउन्सिलले सुनेको, देखेको जस्तो गरेको छ न त सरकारका अन्य निकायले ।

प्रतिक्रिया