सेयर लगानीकर्ता गर्भनर अधिकारीको राजीनामा माग गर्दै आमरण अनसनमा

नेपालखोज २०७८ भदौ ३१ गते १५:२७

काठमाडौं । सेयर लगानीकर्ताहरुद्वारा दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । लगानीकर्ताहरुले सेयर बजार सुधारको माग गर्दे दोस्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।

पुँजीबजार सुधार संघर्ष समितिको आह्वानमा लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्जको गेट अगाडी धर्ना दिदैं आमरण अनसन बसेका छन् ।

सेयर बजार सुधारको माग गर्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका उच्च अंधिकारीहरु छलफलमा बसेको भएपनि त्यसबाट कुनै ठोस निष्र्कष ननिस्केको भन्दै दोस्रो चरणको आन्दोलनको सुरु गरिएको संर्घष समितीका पदाधिकारीहरुले बताएका छन् ।

लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीको राजीनामा समेत मागेका छन् ।

प्रतिक्रिया