चाैबीस घण्टामा १ हजार ५११ संक्रमित थपिए, मृत्यु हुनेकाे संख्या ११ हजार नाघ्याे
नेपालखोज
२०७८ भदौ ३१ गते १७:००

काठमाडाैं । नेपालमा पछिल्लो चाैबीस घण्टामा थप १ हजार ५११ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधीमा १ हजार ६८९ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २०८ जनाकाे पीसीआर परीक्षणमा १ हजार १६५ जना र ३ हजार ९७१ जनाकाे एन्टिजेन परीक्षणमा ३४६ जना गरी कुल १ हजार ५११ जनामा संक्रमण भएको छ । त्यस्तै चाैबीस घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ०२ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितकाे संख्या २५ हजार ७७२ रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया