बुधबार, वैशाख २६, २०८१

पशुबाट सर्छ निपाह भाइरस, के हुन् यसका लक्षण ?

नेपालखोज २०७८ असोज १ गते १२:२४

काठमाडौं । निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यो भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ ।

कसरी सर्छ निपाह भाइरस ?

१.निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्दछ ।
२. संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्दछ ।
३.संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा पनि यो भाइरस सर्दछ ।
४. संक्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा सर्दछ ।

के–के हुन निपाह भाइरसका लक्षणहरु
– ज्वरो आउने
– रिङ्गटा लाग्ने
– टाउको दुख्ने
– मांसपेशी दुख्ने
– वाकवाकी लाग्ने
– श्वासप्रश्वासमा कठिनाइ हुने
– टन्सिलाइटिस्

निपाह भाइरसको रोकथाम कसरी गर्ने ?
– फलफूल राम्रोसँग पखालेर मात्रै खाने
– तरकारी सकेसम्म पकाएर खाने
– गाईवस्तुको गोठ र फार्म सफा राख्ने
– मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने
– सकेसम्म पानी उमालेर मात्रै पिउने
– बेलाबेलामा साबुनपानीले हात धुने
– भिडभाडमा जाँदा अनिवार्य मास्क लगाउने

प्रतिक्रिया