खाद्यले ३९ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने
नेपालखोज
२०७८ असोज १ गते ६:५१

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुलुकका ३९ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्ने भएकाे हाे । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
सुपथ मूल्यका पसलमा चिनी, नुन, चामल, घ्यू, पनिरसँगै खसी, बोका र च्याङग्रा किन्न पाइनेछ । चामलमा प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी–बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया