आइतबार, जेठ ६, २०८१

चीनले भन्याे- अमेरिका, अस्ट्रेलिया र ब्रिटेनबीच भएको सम्झौताले स्थायित्वलाई कमजोर पार्छ

नेपालखोज २०७८ असोज १ गते ८:३०

काठमाडाैं । चीनले अमेरिका, अस्ट्रेलिया र ब्रिटेनबीच भएको नयाँ परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ ।

उसले त्यसले पारमाणविक अप्रसार कार्यलाई पनि आघात पुर्‍याउने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र यूकेको निर्णयलाई ‘एकदमै गैरजिम्मेवार कार्य’ भनेका बीबीसीले जनाएकाे छ ।

उनले भने, ‘यसले गम्भीर रूपमा क्षेत्रीय शान्ति र स्थायित्वलाई हानी गर्नेछ र हतियारको दौडलाई तीव्र बनाउनेछ ।’ यूके, अमेरिका र अस्ट्रेलियाले गरेको उक्त परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौता चीन लक्षित रहेको बताइएको छ ।

सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ । ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर पक्ष समेट्नेछ । बीबीसी

प्रतिक्रिया