सुपथ मूल्य पसल सञ्चालन हुँदै, के मा कति छुट ?

नेपालखोज २०७८ असोज १ गते ८:५६

काठमाडौं । सरकारले चाडपर्वको अवसरमा देशभरका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

सरकारी स्वामित्वमा सञ्चालन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (शुक्रबार) बाट सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा पसल सञ्चालन गर्ने जनाएको हो।

हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिने जनाएको छ ।

सुपथ मूल्य पसलबाट बिक्री हुने मोटारमसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमी र फापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट गरिनेछ ।

याे पसल काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट खाद्य सामग्री वितरण हुने बताएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु बिक्री वितरण हुनेछ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया