यथास्थितिमा एमसीसी अघि नबढ्ने : माधवकुमार नेपाल

नेपालखोज २०७८ असोज १ गते ११:२०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका बारेमा आफूहरुका विभिन्न ७ सर्त रहेको बताएका छन् ।

शुक्रबार (आज) नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन गर्दै उनले नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै हतारमा एमसीसी सम्झौता अघि बढाउन खोजिएको आरोप लगाए । उनले तत्काल पार्टी एकता नगर्ने बताएका छन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित कम्युनिस्ट पार्टीबीच एकता गर्ने भनिएका बेला उनले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । 

प्रतिक्रिया