सुनचाँदीकै मूल्य घट्याे, आजकाे भाउ कति ?
नेपालखोज
२०७८ असोज १ गते ११:४५

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला १४ सय रूपैयाँले घटेर ८९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन ९० हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुन १३ सय ५० रूपैयाँले घटेर ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलाको ३० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार दुई सयमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया