प्रधानमन्त्री देउवाले दिए मोदीलाई शुभकामना
नेपालखोज
२०७८ असोज १ गते १३:०७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटमार्फत शुभकामना दिएका छन् ।
७१ औँ जन्मोत्सवका अवसरमा शुक्रबार देउवाले सुस्वाथ्य र सफलताको शुभकामना दिएका हुन् ।
मोदी १७ सेप्टेम्बर १९५० मा गुजरातमा जन्मिएका थिए । उनी सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीबाट बहुमत ल्याएर प्रधानमन्त्री बने ।
दोस्रो पटकको चुनावमा पनि उनको पार्टी पहिलो बनेपछि दोस्रो कार्यकालमा पनि उनी प्रधानमन्त्री चुनिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया