‘माधव नेपाल एमालेमै फर्किन्छन्’

काठमाडाैं । नेकपा (एमाले) सचिव योगेश भट्टराईले नेकपा एमालेबाट विभाजित भए नयाँ पार्टी नेकपामा (एकीकृत समाजवादी) पार्टी खोलेका माधवकुमार नेपाल नेकपा एमालेमै फर्किने जिकिर गरेका छन् ।
प्रेस चौतारी नेपाल कास्की शाखाले आज (शुक्रबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी फोर्नु भयो । यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।’
सचिव भटृराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वाससमेत व्यक्त गरे ।
पैँसठ्ठी दिनसम्म सरकार विस्तार गर्न नसकेको र अन्तर्राष्ट्रियस्तरमा विश्वसनियता गुमाइसकेकाले अब विकल्प खोजेर एमालेकै नेतृत्वमा चुनावमा जानु एकमात्र उपयुक्त माध्यम भएको उनले जोड दिए ।
एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको बताएका सचिव भटृराईले आम सञ्चार विधेयकले पत्रकार जगतमा अङ्कुश लगाउने भएकाले यसको विपक्षमा आफू उभिने बताए ।

प्रतिक्रिया