चाैबीस घण्टामा १ हजार ५५८ संक्रमित थपिए, १० जनाकाे मृत्यु
नेपालखोज
२०७८ असोज १ गते १६:०९

काठमाडाैं । नेपालमा पछिल्लो चाैबीस घण्टामा थप १ हजार ५५८ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधीमा १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६५ जनाकाे पीसीआर परीक्षणमा १ हजार ८६ जना र ३ हजार ७२० जनाकाे एन्टिजेन परीक्षणमा ४७२ जना गरी कुल १ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै चाैबीस घण्टामा थप १० जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितकाे संख्या २५ हजार ४९७ रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया