बिहीबार, चैत १५, २०८०

शर्मा बने साउनको उत्कृष्ट प्रहरी

नेपालखोज २०७८ असोज १ गते १६:३४


वीरेन्द्रनगर । प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्मा कर्णाली प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय जयनगर, बर्दियामा दरबन्दी भई प्रदेश प्रहरी कार्यालयमा कार्यरत शर्मा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेकाले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शर्माले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुका साथै प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लामा समेत अपराध नियन्त्रण, लागुऔषध बरामद र फरार प्रतिवादी पक्राउ गर्ने कार्यमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

नेपालखोजसँग कुराकानी गर्दै प्रहरी नायब निरीक्षक शर्माले सर्वोत्कृष्ट प्रहरी घोषणाबाट आफूलाई आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रेरणा थपिएको प्रतिक्रिया दिएका छन् । उनले जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति चोरी गर्नेलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको, रुकुम र सल्यानको घटना अनुसन्धान गर्न भूमिका खेलेकोलगायत आफ्नो कार्यक्षेत्रका महत्त्वपूर्ण कामहरुमा सक्रिय थिए । यी घटनाहरुमा शर्माले अपराधीलाई पक्राउ गर्नमा सफलता पाएका थिए ।

प्रतिक्रिया