बालबालिकालाई नियमित खोप किन जरुरी ?

नेपालखोज २०७८ असोज २ गते ९:०३

काठमाडौं । बालबालिकालाई खोप लगाउनु भनेको कुनै पनि रोगबाट जुन रोगविरुद्ध हामीले खोप उपलब्ध गराएका छौं । त्यो रोगविरुद्ध लड्न सक्ने क्षमताको विकास गर्ने हो । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. सागर दाहालका अनुसार यदि हामीले खोप लगाएनौं वा बच्चाहरुलाई खोप दिन सकेनौं भने बच्चाहरुसँग हामीमा जस्तो त्यो रोगसँग लड्ने क्षमता हुँदैन । जसले पटक-पटक ती रोगहरुले बच्चाहरुलाई आक्रमण गर्न सक्ने जोखिम रहन्छ ।

यसरी खाेप बालबािलकालाई दिन सकिएन भने उनीहरु बिरामी मात्र हाेइन जसरी रोग लागेको बेलामा उनीहरुमा राेग प्रतिराेधात्मक क्षमता नहुने हुँदा हामीले नचाहेको अप्रिय घटना घट्न पनि सक्छ । जस्तै बालबालिकाहरुको मृत्यु पनि हुन सक्छ ।

त्यसैले बालबालिकालाई रोगी हुनबाट जोगाउने हो भने हामीले खोप लगाउनै पर्छ । आम अविभावकहरुप्रति स्वास्थ्यकर्मीहरुको दायित्व, महिला स्वयंसेविकाहरुको दायित्व, शिक्षक शिक्षिकाहरुको दायित्व के रहन्छ भने जुन बच्चाहरु यसरी खोप लिनबाट छुटेका बच्चा छन्, ती छुटेका बच्चाहरुलाई खोपको कार्यक्रमको स्पष्ट निर्देशिकाहरु छन् त्यो निर्देशिका अनुसार स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीहरुसंग सल्लाह गर्‍याे भने कसरी खोप लगाउनुपर्छ, कहिले लगाउनुपर्छ भन्ने कुराको बारेमा विस्तृत जानकारी पाउन सकिन्छ ।

सरकारले खोप सेवा उपलब्ध गराउने कुरा अगाडि बढाइरहेकाे उनले बताएका छन् । उनले आम अविभावकहरुले पनि आफ्ना बच्चाहरुले यदि खोप लगाएका छैनन् भने उनीहरुलाई सुरक्षा प्रदान गर्नका लागि नजिकको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग सल्लाह गरेर छिटोभन्दा छिटो खोप लगाउने बन्दोबस्त गर्न आग्रह गरेका छन्

प्रतिक्रिया