सातवटै प्रदेशमा वर्षाकाे सम्भावना, सतर्क रहन अनुरोध

नेपालखोज २०७८ असोज २ गते ७:१०

काठमाडाैं । हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ ।

हाल  देशभर आंशिक देखि सामान्य बदलीसहित वाग्मती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २,  वाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । अनुरोध गरेकाे छ ।

प्रतिक्रिया