शुक्रबार, वैशाख १४, २०८१

प्रदेश २ ले संविधान दिवस नमनाउने

नेपालखोज २०७८ असोज २ गते १०:३४

जनकपुर । प्रदेश २ सरकारले यो वर्ष पनि संविधान दिवस नमनाउने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस यसपटक पनि नमनाउने बताए । उनले भने ‘अहिले संविधान सेलिब्रेट गर्ने समय आएकै छैन ।’

प्रदेश २ मा संविधानलाई मान्दै आएको कांग्रेस र माओवादीलाई सरकारमा समावेश गराइएको छ । तर पनि यो सरकारले संविधान दिवस नमनाउने घोषणा नै गरेको छ ।

दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार थियो । गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा भएको थियो । जसपा फुटेपछि यस पटक सरकारमा तत्कालीन राजपाका नेता छैनन् ।

संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन भएर बस्ने मुख्यमन्त्री राउत बताउँछन् ।

प्रत्येक वर्षझैं प्रदेशका कर्मचारीले भने यसपटक पनि संविधान दिवसको अवसरमा आइतबार बिहान जानकी मन्दिर सरसफाइ गर्ने कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया