‘दलबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भयाे’

नेपालखोज २०७८ असोज २ गते १०:५७

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनमा रहेका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलका मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन् ।

आज गणेशमान सिहको २४औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्ताे बताएका हुन् ।

कार्यक्रमा नेता सिंहले गठबन्धनमा भएका दलहरु बीच कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार हुनमा ढिलाई भएको भन्दै छिटै सरकारले पुर्णता पाउने बताए ।

नेता सिंहले कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउँदै कम्युनिष्टहरुले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण गठबन्दनको निर्माण भएकोसमेत बताए ।

उनले कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफल स्वरुप नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको बताए । कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको उनको भनाइ थियो ।

त्यस्तै नेता सिंहले पार्टीको १४औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले
पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्नुपर्ने बताए ।

‘पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढिरहेको छ ।’ उनले भने ‘महाधिवेशन निष्पक्ष तवरले गर्नुपर्छ । विवाद भएका जिल्लामा विधिविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्दछ ।’

अर्को प्रसंगमा नेता सिंहले साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दैे त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । तर आफू सभापतीको उम्मेदद्वारबाट पछि नहट्ने उनको भनाइ छ ।

कार्यक्रममा उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्‍याएको योगदानको स्मरण गरेका थिए । जस्तोसुकै अप्ठयारो परिस्थीतीमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको उनले बताए ।

साथै कांग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमूल्य योगदान रहेको नेता सिंहको भनाइ थियो । कार्यक्रममा पुर्वमन्त्री राजेन्द्र कुमार केसी कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र राज पान्डे , किरण गिरीलगायत नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

तस्बिर यूपी लामिछाने

प्रतिक्रिया