शुक्रबार, जेठ ४, २०८१

सानिमा बैंकद्वारा दशैंको अवसरमा विशेष योजना

नेपालखोज २०७८ असोज २ गते ११:४५

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ ।

आश्विन १ गतेदेखि लागु हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिकरुपमा प्रदान गरिने छ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो सेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा पाँच प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाखसम्मको दुर्घटना बिमा, तीन लाख बराबरको घातक रोगको बिमा, ५० हजार बराबरको मेडिकल बिमा, वार्षिक पाँच हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र पाँच हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरुलाई प्रदान गरिने छ ।

सानिमा बैंकको वेबसाइटमा गई लगइन गरी अनलाइन खाता पनि खोल्न सकिन्छ । बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया