एनआईसी एशिया क्यापिटल र रारा कर्णाली जलविद्युत परियोजनाबीच सम्झौता

नेपालखोज २०८१ कार्तिक २६ गते १२:४६

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रारा कर्णाली जलबिद्युत परियोजनाबिच सम्झौंता भएको छ । सम्झौंताको प्रमुख उद्देश्य कर्णाली प्रदेशको त्रिवेणी भेरि नदीमा अवस्थित ७८ मेगावाटको रारा कर्णाली जलविद्युत परियोजनाको विकासका लागि रकम व्यवस्थापन गर्नु रहेको छ ।

यसको प्रमुख कर्पोरेट सल्लाहकार सेवा, ‘आइडिया टु आईपीओ’ मार्फत, एनआइसी एसिया क्यापिटलले कम्पनीहरूलाई विचार चरणबाट स्टक एक्सचेन्जमा सूचीबद्ध हुन मद्दत गर्दै अन्त–देखि अन्य सल्लाहकार सेवाहरू प्रदान गर्दछ । एभिड पार्टनरले दिगो विकास र नवीकरणीय ऊर्जामा केन्द्रित लगानीकर्ताहरूलाई आकर्षित गर्न आफ्नो विश्वव्यापी सञ्जाल र विशेषज्ञताको लाभ उठाउनेछ, यस प्रमुख परियोजनाको पहुँचलाई थप विस्तार गर्नेछ ।

रारा कर्णाली जलविद्युत परियोजनाले स्थानीय समुदायलाई महत्त्वपूर्ण आर्थिक लाभ पुर्याउने र नेपालको नवीकरणीय ऊर्जा विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

यो सहकार्यले नेपालको जलविद्युत क्षेत्रको विकासलाई बढावा दिने प्रभावकारी परियोजनाहरूलाई सहयोग गर्ने एनआइसी एसिया क्यापिटल र एभिड पार्टनरको प्रतिबद्धतालाई जोड दिन्छ ।

प्रतिक्रिया